बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीलाई ८ अंकको अग्रता, चेल्सीलाई धक्का

बिहीबार, १५ पुस २०७८, ०८ : ४०
बिहीबार, १५ पुस २०७८

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ   ।

बुधबार राति भ्रमणकारी टोली सिटीका लागि  फिल फोडेनले १६ मिनेटमा  निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो । खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनि भारले त्यसलाई मान्यता दिएन ।

गएराति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । 

रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे । 

जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ ।  दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप