म्यानचेस्टर सिटीलाई ८ अंकको अग्रता, चेल्सीलाई धक्का
बिहीबार, १५ पुस २०७८, ०८ : ४०
शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ ।
बुधबार राति भ्रमणकारी टोली सिटीका लागि फिल फोडेनले १६ मिनेटमा निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो । खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनि भारले त्यसलाई मान्यता दिएन ।
गएराति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।
रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे ।
जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण