देशभर साढे ७ लाख नयाँ मतदाता थपिए, दोस्रो चरणको अभियान पुस १९ मा सकिने
निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । दोस्रो चरणको यो अभियान पुस १९ गते सकिँदैछ । शुक्रबारसम्मको तथ्यांक हेर्दा ७ लाख ४९ हजार नयाँ मतदाताहरू थपिएका छन् ।
७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली सङ्कलन भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई बताए ।
यसअघि ०७८ मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । एक महिनासम्म गरिएको मतदाता नामावली संकलन दुई चरण सञ्चालन गरिएको थियो ।
मतदाता नामावली संकलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो । आयोगका अनुसार शुक्रबारसम्म ७ लाख ४९ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिदैँछ । तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने आयोगका प्रवक्ता पौडेल बताउँछन् । निर्वाचनको मिति घोषणा भए पनि नामावली संकलन कार्यक्रम निरन्तर हुने उनले बताए ।
हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइने प्रवक्ता पौडेलले बताए । अन्य जिल्लाका व्यक्ति कामको वा पढाइको शिलशिलामा अर्कै जिल्लामा पुगेको खण्डमा पनि त्यहीँबाट नाम दर्ता गराउन पाइने शर्माले बताए ।
मतदाता नामावली संकलन कार्यक्रम ७७ जिल्ला, जिल्ला प्रशासन कार्यालय र ४३ वटा इलाका प्रशासन कार्यालयबाट हुने उनको भनाइ छ । कुनै पनि राजनीतिक दललाई भोट दिनका लागि १८ वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण