आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोना प्रकोप, चार दिनमा तीन हजारभन्दा बढी विद्यालय बन्द

बिहीबार, २२ पुस २०७८, १२ : २०
बिहीबार, २२ पुस २०७८


अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् । यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।

त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरु बन्दै गरिएका बताइएको छ । गएको ११ दिन यता यहाँ कोरोनाका सङ्क्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरु पनि बन्द भएका बताइएको छ ।

कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौँ सङ्क्रमित भेटिने गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप