देउवाले आफूखुसी गरे पार्टी दुर्घटनामा पर्छ : शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानी गर्दै नेता कोइरालाले कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताए ।
सभापति शेरबहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलत रुपमा प्रयोग गरेर नियुक्ति गरिएको उनले बताए । सभापति यसरी नै हिँड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने बताए । उनले भने, ‘अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनुपर्यो । देखिनेगरी हुनुपर्यो, न्यायसंगत हुनुपर्यो ।’
‘उहाँले विधानलाई टेकेर हिँड्नुभएको छ तर जसरी नियुक्तिहरु गर्नुभएको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै । त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ । दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ?’
एक फरक प्रसंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीको बारे फैलिएको त्रास चिर्न संसदमार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद सुचारु गर्नेतर्फ काँग्रेस र एमाले दुवै लाग्नुपर्ने बताए ।
न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताएका कोइरालाले प्रधानन्यायाधिशले स्वयं निकास खोज्नुपर्ने धारणा राखे । कोइरालाले आगामी चुनावमा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने समेत दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण