पाकिस्तानमा हिउँ हेर्न गएका सयौँ मानिस फसेँ, २१ जनाको मृत्यु
पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।
मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमती र उनीहरूका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरूको उद्धारमा सेना खटिएको छ । सो क्षेत्रमा ठुलो सङ्ख्यामा एकै पटक मानिसहरू भ्रमण गर्दा सङ्कट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् ।
पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बिर र भिडियो भाइरल भएका थिए । हिउँका कारण सयौँ पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण