डेल्टाको तुलनामा ओमिक्रोनबाट मृत्यु हुने खतरा ९१ प्रतिशत कम
फेरि एकपटक विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहर सुरु भएपछि यसले विश्व समुदायलाई त्रसित पारेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाप केन्द्रहरुका अनुसार ओमिक्रोन भेरियन्ट भने डेल्टाको तुलनामा कमजोर छ । ओमिक्रोन भेरियन्टको संक्रमणबाट मृत्यु हुनेको संख्या डेल्टाको तुलनामा ९१ प्रतिशत कम भएको पाइएको छ । ओमिक्रोनबाट मृत्यु हुने भएपनि डेल्टाको तुलनामा कम हुने बताइएको छ ।
अमेरिकी रोग रोकथाम केन्द्रका अनुसार ७० हजार संक्रमितको विषयमा गरिएको अध्ययनले ओमिक्रोन संक्रमितहरु मध्ये कम मात्र अस्पताल भर्ना हुनुपरेको छ । जसमा ५२ हजार २ सय ५७ जना ओमिक्रोन संक्रमित र १६ हजार ९ सय ८२ जना डेल्टा भेरियन्ट संक्रमितको विषयमा अध्ययन गरिएको थियो । जसमध्ये ५० प्रतिशत ओमिक्रोन संक्रमित अस्पताल भर्ना भएका थिए भने २५ प्रतिशत संक्रमितलाई धेरै रेखदेखको आवश्यकता परेको थियो ।
अध्ययनका अनुसार ओमिक्रोनका बिरामीहरुको अस्पताल भर्ना हुने समय पनि कम छ । डेल्टाको तुलनामा ओमिक्रोन संक्रमितहरुले ७० प्रतिशतभन्दा कम समय अस्पतालमा भर्ना भएर बसेका छन् । यो भनेको एक दिन र आधा दिन मात्र अस्पताल भर्ना भएको भन्ने बुझिन्छ । अध्ययन गरिएका संक्रमितहरुमध्ये ओमिक्रोन संक्रमित एक जनालाई पनि भेन्टिलेटरको आवश्यकता परेन तर डेल्टा संक्रमित ११ जनालाई भेन्टिलेटरको आवश्यकता परेको थियो । डाटाका अनुसार डेल्टा संक्रमितमध्ये १४ जनाको मृत्यु भयो भने ओमिक्रोन संक्रमित एक जनाको मृत्यु भयो । यो डेल्टाको तुलनामा ९१ प्रतिशत कम थियो ।
ओमिक्रोनको महामारीमा मृत्यु हुनेहरुमा पनि डेल्टा भेरियन्टको असर भएको अध्ययनमा पत्ता लागेको छ । ओमिक्रोन महामारी चलिरहेको अवस्थामा पनि डेल्टाकै कारण धेरैको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण