कोरोनाले ‘कलेजो फेल’ हुन सक्ने, खोप कलेजोको सुरक्षा गर्न असक्षम
कोभिड–१९ भाइरसले विशेषगरी फोक्सोलाई बिगार्न सक्छ । कोरोनाको सीधा असर फोक्सोमा पर्छ । तर, हाम्रो कलेजोमा पनि यसको खतरा उत्तिकै रहन्छ । अमेरिकी युनिभर्सिटी अफ टेनेसीको एक अध्ययनले कोरोना संक्रमित भएका ११ प्रतिशत बिरामीमा कलेजोसम्बन्धी समस्या आउने बताएको छ । कोरोनाविरुद्ध बनाइएका खोपहरु मानिसको कलेजो बचाउन सक्षम नभएको डाक्टरहरुको दाबी छ ।
अध्ययनका अनुसार कोरोना भाइरसले कलेजोमा हुने महत्त्वपूर्ण एन्जाइम्सको मात्रा बढाइदिन्छ । उक्त एन्जाइमको नाम एलेनिन एमिनोट्रान्स्फरेज र एस्परटेट एमिनोट्रान्स्फरेज हो । अध्ययनका अनुसार कोरोना भएका १५ देखि ५३ प्रतिशत मानिसहरुको कलेजोमा उक्त एन्जाइम्सको मात्रा अधिक पाइएको छ । ती व्यक्तिहरुको कलेजो स्थायी रुपमा नै खराब भइसकेको थियो ।
कोरोनाका थुप्रै प्रकारका भेरियन्टहरु आएका छन् । जसमध्ये डेल्टा र ओमिक्रोनले कलेजोको मुख्य कोशिकाहरुमा नराम्रो असर पार्छ । जसले गर्दा कलेजोको कार्य ढिलो गराइदिन्छ । कोरोना संक्रमितहरुलाई दिने औषधिले पनि कलेजोलाई बिगार्ने सम्भावना हुन्छ ।
कोरोना संक्रमण भएपछि कलेजो सुन्निने र जण्डिस हुने सम्भावना हुन्छ । यसका साथै, संक्रमितको कलेजो फेल हुने सम्भावना पनि उत्तिकै हुन्छ । वैज्ञानिकका अनुसार मानिसमा पहिलेदेखि नै कलेजोसम्बन्धी समस्या छ भने कोरोनाले झन् संक्रमण बढाउने र मृत्यु समेत हुन सक्छ ।
भारतको म्याक्स हस्पिटलका डा. जतिन अग्रवालले कोरोनाको लक्षण नदेखिए पनि शरीरका अंगहरु खराब हुन सक्ने बताएका छन् । लक्षण नदेखिएका धेरै संक्रमितको पनि कलेजोमा असर परेको उनले बताए । डा. अग्रवालका अनुसार कोरोनाविरुद्ध बनेका खोपहरुले पनि कलेजोलाई सुरक्षा दिन सक्दैनन् । खोपले शरीरमा हुने संक्रमणलाई गम्भीर हुन नदिने मात्रै भएकाले कलेजोमा हुने संक्रमण नरोक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण