आलोचनापछि योगेशले भने, ‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’
नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईको यति बेला बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढेपछि भट्टराईले सो घटनाबारे स्पष्टीकरण दिएका छन् ।
सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । सो कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । ‘नाक÷मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा भट्टराईमाथि व्यङ्ग्यसमेत गरिएको छ ।
जवाफमा भट्टराईले सो कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको जिकिर गरेका छन् । उनले ध्यानाकर्षण पत्र वाचन गर्दा आफूले मास्क खोलेको र पत्र हस्तान्तरण गर्दा भने मास्क लगाउन भुलेको बताएका छन् । उनले लेखेका छन् :
आज कोभिड- १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु । ध्यानाकर्षण पत्र वाचनका क्रममा मैले मास्क खोलेको थिए । तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा मास्क लगाउन भुलेको बारेमा सञ्चारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु । विषय र घटनाको सार र रूप पक्षलाई छुट्याएर बुझ्न सबैमा अनुरोध गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

