अब साउथ फिल्मको ‘रिमेक’ मा बलिउड स्टार
बलिउडमा साउथ फिल्मको रिमेक बन्नु नौलो कुरा होइन । सन् २०२१ मा थुप्रै साउथ फिल्महरु बनेका छन् । भने, फेरि पनि नयाँ फिल्महरु निर्माण हुँदैछन् । ‘जर्सी’, ‘सेल्फी’, ‘हिट’, ‘शहजादा’आदि फिल्म निर्माण भइरहेका छन् । अब आउने नयाँ फिल्ममा शाहिद कपूरदेखि सलमान खानसम्म देखिनेछन् ।
तमिल एक्सन ड्रामा फिल्म ‘मास्टर’ शानदार फिल्ममध्ये एक हो । उक्त फिल्म गत जनवरी महिनामा रिलीज भएको थियो । रिपोर्टको अनुसार यो फिल्म हिन्दीमा रिमेक हुने भएको छ । फिल्ममा सलमान खानले मुख्य भूमिका निभाउने विषयमा छलफल भइरहेको छ । यस विषयमा के निर्णय हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
तेलुगु फिल्म ‘जर्सी’ एक स्पोर्टस ड्रामा हो । यसको निर्देशन गौतम तिन्नानुरीले गरेका हुन् । यस फिल्मको रिमेक हिन्दीमा निर्माण भएको छ । फिल्ममा बलिउड स्टार शाहिद कपूरले मुख्य भूमिका निभाउनेछन् ।
तमिल ड्रामा फिल्म ‘सोराराय पोटू’ लाई सुधा कोंगराले निर्देशन गरेका हुन् । यो फिल्ममा सुपरस्टार सूर्याले मुख्य भूमिका निभाएका थिए । रिपोर्टका अनुसार फिल्मको हिन्दी रिमेकमा भने अक्षय कुमारले मुख्य भूमिका निभाउने छन् ।
साइकोलोजिकल थ्रिलर तमिल फिल्म ‘अन्निया’ लाई एस शंकरले निर्देशन गरेका थिए । यो फिल्ममा मुख्य भूमिकामा विक्रमले अभिनय गरेका थिए । यस फिल्ममा अब हिन्दी रिमेकमा भने रणवीर सिंहले गर्ने भएका छन् ।
फिल्म ‘विक्रम वेधा’ ले सन् २०१७ मा बनेको सबैभन्दा हिट फिल्म हो । यसलाई पुष्कर–गायत्रीले निर्देशन गरेका थिए । फिल्ममा माधवन र विजय सेतुपतीले मुख्य भूमिका निभाएका थिए । यो फिल्मको हिन्दी रिमेक बन्ने भएको छ । यसमा ऋतिक रोशनले मुख्य भूमिका निभाउने भएका छन् । सैफ अली खानले पनि यो फिल्ममा काम गर्ने भएका छन् । भने, राधिका आप्टे पनि फिल्ममा देखिनेछिन् ।
तेलुगु फिल्म ‘अल वैकुंठपुरमलो’ सन् २०२० मा बनेको सबैभन्दा हिट फिल्म हो । यो फिल्मको पनि हिन्दी रिमेक बन्ने भएको छ । फिल्ममा बलिउड स्टार कार्तिक आर्यनले मुख्य भूमिका निभाउने भएका छन् ।
एक्सन थ्रिलर फिल्म ‘हिट’ पनि तेलुगु फिल्म हो । यसले पनि बक्स अफिसमा धमाकेदार कलेक्शन गरेको थियो । यस फिल्मको पनि हिन्दी रिमेक बन्ने भएको छ । जसमा राजकुमार रावले मुख्य भूमिका निभाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण