हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प
हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् । १ गत असारको भीषण बाढीपहिरोको कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।
उनले भने, ‘१ असारको बाढीपहिरोले भत्किएका सडक र पुल निर्माणलाई तीव्र बनाउनुपर्ने समयमा चिसो बढेपछि हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको हो ।’
गर्मीमा बाढीपहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माण काम हुन सकेन हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माणका काम रोकिएको प्रजिअ आचार्यको भनाइ छ ।
उनका अनुसार हिमपातका कारण विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । मनाङमा हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्याएको छ । बाढीपहिरोले क्षति पुर्याएका भौतिक संरचना निर्माणको कामसमेत अलपत्र अवस्थामा छन् । 'मनाङमा हिमपात र बर्खायामको दुवै सिजन मौसमले साथ दिँदैन,' मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने ।
मनाङमा मंसिर अन्तिमबाट विकास निर्माणका काम रोकिएका हुन् । माथिल्लो मनाङमा मंसिर तेस्रो साताबाट हिमपात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण