संसद्को ‘डेडलक’ हट्छ भन्नेमा विश्वास छ : मन्त्री कार्की
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्ने दायित्व सरकारको जति नै प्रमुख प्रतिपक्ष दलको पनि भएको बताएका छन् । मंगलबार सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले संसद् सुचारु गर्न सरकारको जति नै दायित्व प्रमुख प्रतिपक्षको पनि भएको बताएका हुन् ।
‘आज त्यस विषयमा छलफल त भएन तर संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय मिटिङ यहीँ केही समय अघि राख्नुभएको थियो’, मन्त्री कार्कीले भने, ‘त्यसमा प्रमुख प्रतिपक्षी दलको नेता उपस्थित हुनुभएन । त्यसपछि बारम्बार संसद्लाई सुचारु गर्नका निमित्त प्रयत्नहरू सरकारले गरिरहेको छ ।’
त्यसै सिलसिलामा आफूले समेत प्रमुख प्रतिपक्ष दलको नेतालाई भेट गरेको भन्दै उनले केही दिन अगाडि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलको नेताको निवासमै गएर लामो वार्ता गरेको बताए । ‘संसद् सुचारु गर्ने दायित्व सरकारको जति छ त्यति नै दायित्व प्रमुख प्रतिपक्ष दलको पनि हुने हुनाले यो ‘डेडलक’ हट्छ भन्ने कुरामा सरकारलाई विश्वास छ’, मन्त्री कार्कीको विश्वास छ । सो क्रममा उनले स्थानीय तहको निर्वाचन संविधानअनुसार नै हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण