चुनावको मिति तोक्न सत्तारुढ दलले आन्तरिक परामर्श गर्ने
काठमाडौँ । स्थानीय चुनावको मिति तोक्न सत्तारुढ दलले आ–आफ्ना पार्टीमा छलफल गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा गठबन्धनका सबै नेताहरू संविधान अनुसार नै निर्वाचन गर्नुपर्छ भन्नेमा सहमत भएपछि मितिका बारेमा आ आफ्ना दलहरूमा छलफल गरेर सरकारलाई सुझाव दिने र सोही अनुसार सरकारले मिति तोक्ने विषयमा सहमति भएको हो ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मंगलबारको बैठकमा यही १२ गते हुने राष्ट्रिय सभा निर्वाचन र स्थानीय निर्वाचनबारे छलफल भएको बताए । उनले राष्ट्रिय सभाको निर्वाचन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर सम्पन्न गर्नुको विकल्प नभएकोमा सबै दल सहमत भएका छन् । ‘स्वास्थ्य मापदण्ड र दुरी कायम गरेर राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्छ भन्नेमा दुईमत रहेन’, गुरुङले बैठकमा भएको छलफलबारे भने, ‘कोरोनाको सङ्क्रमण भए पनि निर्वाचन गर्नुपर्छ भन्ने भएको छ ।’
त्यसैगरी स्थानीय निर्वाचनका सम्बन्धमा भएको छलफलमा संविधानअनुसार नै निर्वाचन हुनुपर्नेमा सबै दलले सहमति जनाएको तर मितिका बारेमा छलफल गरेर टुङ्गिने बताए । ‘चुनावको मिति तोक्ने काम मन्त्रिपरिषद्को हो । त्यो काम उसैले गर्छ । तर आयोगले पनि मिति सिफारिस गरेको छ । उसले आफ्नो ढंगले गरेको छ । त्यसलाई समेत मध्यनजर गरेर दलहरुबीचको छलफलपछि मिति फाइनल गर्न समितिले सुझाव दिन्छ’, बैठकपछि नेता गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण