एथ्लेटिकोको उत्कृष्ट पुनरागमन
आइतबार, ०९ माघ २०७८, ०७ : ०१
इन्जुरी समयमा दुई गोल गर्दै एथ्लेटिको म्याड्रिडले ला लिगामा भ्यालेन्सियाबिरुद्ध रोमाञ्चक पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको आफ्नो घरेलु मैदानमा ३-२ गोलले विजयी भएको हो ।
युनुस मुसाह र ह्युगो डुरोले पहिलो हाफमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोको कर्नरमा गोल गर्दै माथेयस कुन्हाले एथ्लेटिकोका लागि एक गोल फर्काए । दोस्रो हाफमा खेलमा नियन्त्रण बनाए पनि निर्धारित समयसम्म एथ्लेटिकोले कुनै गोल गर्न सकेन ।
हारतर्फ अघि बढिरहँदा इन्जुरी समयमा एन्जेल कोरेया र मारियो हरमोसोले गोल गर्दै एथ्लेटिकोको पुनरागमन पुरा गरे । जीतपछि २१ खेलबाट ३६ अङ्क बटुल्दै एथ्लेटिको लिगको चौथो स्थानमा रहेको छ । भ्यालेन्सिया २२ खेलबाट २९ अङ्कसहित लिगको नवौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण