भारतमा लगातार तेस्रो दिन नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी
आइतबार, ०९ माघ २०७८, ०८ : ३०
भारतमा लगातार तेस्रो दिन नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ । शनिबार ३ लाख ३१ हजार ३७२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २ लाख ५८ हजार सङ्क्रमणमुक्त भएका छन् । थप ५२० जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् ।
अघिल्लो दिनको तुलनामा करिब ६ हजार सङ्क्रमित कम भएका हुन् । शुक्रबार ३ लाख ३७ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ४८८ जनाको मृत्यु भएको थियो । बिहीबार ३ लाख ४७ हजार नयाँ सङ्क्रमित भेटिँदा ७०३ जनाले ज्यान गुमाएका थिए ।
भारतमा हाल २१ लाख ४४ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लाखभन्दा बढी पुगेको हो । गत ३१ डिसेम्बरमा सक्रिय सङ्क्रमित १ लाख रहेकोमा २२ दिनमा यो सङ्ख्या २१ गुणाले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण