बजारमा नक्कली मह, बल्ल सचेत गराउँदै खाद्य विभाग
चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ । मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन ।
तर, हालै मात्र प्रहरीले नक्कली मह उत्पादन गर्ने उद्योगमा छापे हानेर एक जनालाई पक्राउ गरेपछि विभाग पनि चनाखो भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले गत बिहीबार काठमाडौंको ज्याठाबाट नक्कली महसहित नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।
खाद्य विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै नियमकानुनबारे सार्वजनिक सूचना जारी गरेको हो । ‘महको उत्पादन तथा प्याकिङ गरी बिक्रीवितरण गर्ने खाद्य उद्योगले खाद्य ऐन २०२३ को दफा ४ (ख) र खाद्य नियमावली, २०२७ को नियम २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धित कार्यालयबाट अनिवार्य रुपमा अनुज्ञाप लिइ र प्रत्येक आर्थिक वर्षका लागि नवीकरण गरेर मात्र मह उत्पादन तथा बिक्रीवितरण गर्न हुन जानकारी गराइन्छ ।’
महमा कुनै प्रकारको मिसावट गरेको पाइएमा खाद्य ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ । साथै महको लेवलमा अनिवार्य रुपमा अनुज्ञापत्र खुलाउन भनिएको छ । अनुज्ञापत्र नभएको मह उपभोग नगर्न पनि उपभोक्तालाई आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
-
कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण