ट्र्याक्टर नदीमा खस्यो, दुईजना बेपत्ता
मङ्गलबार, ११ माघ २०७८, २१ : २४
जाजरकोटको छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा नदीमा परेर दुईजना बेपत्ता भएका छन् । भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ ।
सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्र्याक्टर खसेको थियो । सोमबार बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ । स्थानीयवासीका अनुसार सडकबाट ट्र्याक्टर खसेको थियो ।
दुर्घटनास्थलमा ट्र्याक्टरसमेत भेटिएको छ । ट्र्याक्टर धनीका अनुसार चालक र सहचालक सवार रहेका थिए । चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण