राष्ट्रियसभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो
बुधबार, १२ माघ २०७८, १४ : ०२
राष्ट्रियसभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो । तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसदले भोट हालेका हुन्। कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १९१ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
१९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदान भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण