राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान सम्पन्न, १८९ मत खस्यो
बुधबार, १२ माघ २०७८, १५ : ३९
राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कुल १९१ मतदातामध्ये १८९ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जना सहभागी भएको उनले जनाए । उनका अनुसार आजै ४ बजेबाट मतगणना सुरू गरेर साँझ ७ बजेसम्म नतिजा सार्वजनिक हुनेछ ।
कर्णाली प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यमा तीन सीटका लागि निर्वाचन भएको हो । तीन सदस्यका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।
गठबन्धनका तर्फबाट दुर्गाकुमारी गुरुङ, नरबहादुर विस्ट र उदय बोहोरा उम्मेदवार बनेका छन् भने एमालेबाट गंगा थापा महत, पदमबहादुर माझी र चुडामणि शर्मा उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण