छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
बुधबार राति रौतहट र बारा जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुवै दुर्घटनामा दुई मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका–४ गरुडामा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह छन् । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यस्तै, बाराको कलैया उपमहानगरपालिका २५ मा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलैयाबाट बिरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको जिपले बिपरित दिशाबाट आउँदै गरेको साहद्वय सवार ना८प ८८६३ नम्बरको मोटरसाइकललाई बुधबार राति साढे ८ बजे ठक्कर दिएको हो । जिप चालक फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण