भेडापालक किसानलाई गोठालो भत्ता
जुम्लाको पशु अस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम ल्याएपछि आफ्नो भत्ता दाबी गर्न २ सय ६५ किसानले निवेदन दिएका हुन् ।
निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्रु कृषक हो की होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका योजना प्रमुख धनबहादुर महतले बताए । उनले भने, ‘स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र स्वीकृत दिने र कार्यक्रम सञ्चालन गरिने छ ।’ महतले आगामी महिनादेखि कार्यक्रम सुरु हुन सक्ने बताए ।
भेडा पालक किसानलाई प्रोत्साहन गर्नका लागि‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए । उनले ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार भत्ता दिने गरिएको छ ।
उनले भने, ‘जुम्लाका १ सय ५० जना भेडा पालकलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि छ । कार्यविधिअनुसार ५० देखि एक सय भेडा पाल्ने किसानलाई मासिक १ हजार पाँच सयका दरले गोठालो भत्ता दिइने छ ।
रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिने योजना शाखाका प्रमुख महतले बताए । उनले भने, ‘कर्णाली प्रदेश सरकारले किसानलाई भेडा पालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराइएको हो । कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ ।’ पशु अस्पताल तथा पशुसेवा कार्यालयमा २ सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् ।
जुम्लाका १ सय ५० जना भेडा पालक किसानलाई गोठालो भत्ता दिने रकम आएको उनले बताए । उनले भने, ‘जुम्ला जिल्ला भेडा पालक किसान धेरै छन् । कर्मचारी स्थलगत रूपमा फिल्डमा गएका छन् । उनीहरूको रिपोर्ट र मूल्यांकनको आधारमा गोठालो भत्ता दिइने छ ।
कर्णाली सरकारले गोठालो भत्ता तथा यस अन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण