श्रीमतीको उपचार अभावमा काठमाडौँमा छटपटाउँदै मुगु ७१ वर्षीय मान्ते शाही
मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाही श्रीमती हाँसु शाहीको औषधि उपचार गर्न काठमाडौँको पाटन अस्पताल आए । ६७ वर्षीय उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्दै गएपछि ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक उनी उपचार गर्न काठमाडौँ आएका हुन् ।
तर, यतिबेला उनले बोकेको पैसा सकिएको छ । आफै अरूको सहारा बन्नुपर्ने बेलामा श्रीमतीको सहारा बनिरहेका ७१ वर्षीय शाही उनको उपचारका लागि हात थापिरहेका छन् । गाउँबाट ऋण सापट गरी ल्याएको रकम काठमाडौँ आउँदा बाटोमै सकिँदा शाहीलाई श्रीमतीको औषधि उपचार गर्न निक्कै समस्या भएको छ ।
दमकी बिमारी श्रीमती पाटन अस्पतालको बेडमा छटपटाई रहेकी छन् । उनी औषधिको जोहो गर्न अस्पतालको गेटमा छटपटाइरहेका छन् । 'रुपैयाँ छैन । डाक्टरले यो औषधि किन्नु पर्यो त्यो औषधि किन्नु पर्यो भन्नु हुन्छ,' उनले भने । उनले अस्पताल बेडमा रहेकी श्रीमतीको मुख हेर्दै आँसु पुछ्नु बाहेक आफूसँग अन्य विकल्प नरहेको बताएका छन् ।
उनले आफ्नै भोक मेट्नसमेत गाह्रो भइरहेको बताएका छन् । उनी बिमारी श्रीमती बोकेर गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुगे । केहीदिन नेपालगञ्जमै आफन्तकोमा डेरा गरेर बसे । उनले त्यही श्रीमतीको उपचार गरे ।
काठमाडौँमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेका उनी श्रीमतीसहित काठमाडौँ पुगे । उनका आफन्तले पाटन अस्पताल पुर्याएर भर्ना गरिदिए । तर, यतिवेला उनलाई आर्थिक अभावले श्रीमतीको उपचारमा समस्या भइरहेको छ ।
पाटन अस्पतालको तीन तलामाथि आईसीयू रुमको ७ नम्बर बेडमा उनकी श्रीमतीको उपचार भइरहेको छ । वृद्ध शाहीको शरीरलाई तीनको दर्जनौँ पटक तलमाथि गर्न पनि सकस छ । चिकित्सकले अक्सिजन दिएर उपचार गरिरहेका भए पनि शाहीलाई औषधिकै जोहो गर्न पैसाको निकै समस्या छ । काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका उनका छोरी ज्वाइँ पनि अस्पतालमै छन् ।
उनीहरूसँग पनि पैसा छैन । भएको पैसा दिएका उनीहरूलाई पनि अब उपचार खर्च कसरी जुटाउने भन्ने समस्या छ । आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन शाही अस्पताल पुगेका छन् । घरमा भएको पैसा बोकेर आएका उनीसँगको पैसा पनि सकिएको छ । उनले गह भर्दै अब आमालाई कसरी बचाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण