शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बाइस किलोग्राम चरेश बरामद

आइतबार, १६ माघ २०७८, १२ : २५
आइतबार, १६ माघ २०७८

कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताए ।

इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ । “ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उनले भने,“ अनुसन्धानबाट सबै कुरा बाहिर आउछ ।” पछिल्लो समय कञ्चनपुरको दक्षिण क्षेत्रबाट प्रहरीले दिनहुँजसो लागूऔषध ब्राउनसुगरसहित युवकहरु पक्राउ गर्दै आएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप