भारतमा ७५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप
आइतबार, १६ माघ २०७८, १२ : २५
भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् ।
‘७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् । यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा नागरिकहरुलाई बधाई दिन चाहन्छु । हाम्रो खोप अभियानलाई सफल बनाउने सबै जनाप्रति गर्व महशुस गर्छु,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् ।
यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्दाभियाले देशको ७५ प्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएको बताएकी थिइन् ।
यसैबीच, पछिल्लो २४ घन्टामा भारतमा २ लाख ३४ हजारमा कोभिड देखिएको छ । योसँगै भारतमा भारमा कोभिड संक्रमितको संख्या चार करोड १० लाख पुगेको छ । सो अवधिमा कोभिडबाट ८९३ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा भारतमा कोभिड संक्रमितको संख्यामा घट्ने र बढ्ने क्रम देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण