बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ : प्रदेश प्रमुख परियार

आइतबार, १६ माघ २०७८, १४ : ०७
आइतबार, १६ माघ २०७८

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताएका छन् । ‘सहिद दिवस, २०७८’ का अवसरमा प्रदेश प्रमुख परियारले आज एक सन्देश जारी गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

सन्देशमा उनले भनेका छन्, “हामीले आज प्राप्त गरेको स्वतन्त्रता र अधिकार सहिदको बलिदानीको प्रतिफल हो । उनीहरुको सङ्घर्ष, त्याग र बलिदानबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेको छ ।” 

सहिदको बलिदानले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट मुलुकमा स्थायी शान्ति, सुशासन, न्यायपूर्ण समाज र समाजवादी लक्ष्यसहित समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुले सहिदप्रति सच्चा सम्मान हुने उनले विश्वास व्यक्त गरे ।

प्रदेश प्रमुख परियारले देशको आर्थिक, सामाजिक रुपान्तरण गर्दै सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणमा सहिदको सपना साकार गर्न दृढतापूर्वक काममा लाग्ने प्रेरणा सबैमा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप