कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा विस्तार
आइतबार, १६ माघ २०७८, १९ : १०
कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका छन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । खड्का भन्छन्,‘ अस्पतालमै भर्ना भएका बिरामीहरुको आँखा हेर्नुपर्ने हुन्छ ।’
खड्काका अनुसार २० लाखको लागतमा आँखा विभाग स्थापना गरी सेवा सुरु गरिएको हो । साथै उपचारका लागि आवश्यक पर्ने उपकरण लगायत अन्य व्यवस्थापनका लागि प्रदेश सरकारसँग रकम माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण