कर्णालीको रुपान्तरणका लागि सबै दलहरु एकजुट हुनुपर्छ : मुख्यमन्त्री शाही
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको तेस्रो बैठकमा झण्डै आधा घण्टाजति बोले । सभामुखसँग समय मागेर नै बोलेको उनले अधिकांश समय प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले बोलेका विषयवस्तुतिर केन्द्रीत रहेर प्रशंशा मात्र गरे।
आइतबार मुख्यमन्त्री शाहीले सरकार विस्तारमा देखिएको समस्याका बारेमा बोल्ने आंकलन धेरैले गरेका थिए। तर उनले कँडेलले भनेका कुराहरुलाई सहज रुपमा ग्रहण गर्ने र कानुनको अधिनमा रहेर लागु गर्ने प्रतिबद्धता जनाए । संसदमा सबैभन्दा पहिला बोलेका एमाले संसदीय दलका नेता कँडेलले पुराना कुरालाई लिएर प्रतिपक्ष संसदमा प्रवेश नगर्ने बताएका थिए । जवाफमा मुख्यमन्त्री शाहीले आफूले पनि त्यो नचाहेको र प्रतिपक्षको साथ आवश्यक भएको उल्लेख गरे । साथै मुख्यमन्त्री शाहीले अब कर्णालीको रुपान्तरणका लागि सबै दलहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको तर्क प्रस्तुत गरेका थिए ।
नेता कँडेलले बजेट बनाउँदा अपूरो शीर्षक राखेर बनाइएको, योजनाको न्युनतम सीमा नतोकेर टुक्रे बजेट बनाइएको कुराहरु राखेका थिए । यस्तै मुख्यमन्त्री र पुर्वाधार रोजगार विशेष कार्यक्रम बारेमा पनि प्रश्न उठाएका थिए भने दलीय आशंकाका आधारमा भन्दा पनि मुद्दाका आधारबाट अघि बढ्न सरकारलाई सझाव दिएका थिए।
जवाफमा मुख्यमन्त्री शाहीले कँडेलले उठाएका विषयले आफु खुःसी भएको बताउँदै आफूले पनि त्यही अनुसार अघि बढ्न चाहेको बताएका थिए । जसमा उनले प्रमुख प्रतिपक्षको साथको अपेक्षा गरेका थिए । साथै मुख्यमन्त्री शाहीले सुशासनका पक्षका कतै सरकार ढल्दै पो छकि ? भन्दै आफैलाई अविश्वासको वातावरण भएको जस्तो तर्क गरेका थिए । उनले अन्य कुरा भन्दा पनि प्रतिपक्षका कुराको जवाफ र प्रशंशा गर्नमात्र अधिकांश समय खर्च गरे । तर, अन्तिममा भने, ‘कर्णालीको रुपान्तरणका लागि हामी सबैलाई ‘देउती बज्यैले सद्बुद्धि प्रदान गरुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण