कर्णालीमा डेढ महिनामा ३०६८ जनामा कोरोना भाइरसको
कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहर सुरु भएयता ३ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पुस महिनादेखि माघ १६ अर्थात आइतबारसम्मको तथ्याङ्क हेर्दा ३ हजार ६८ जनामा कोरोना देखिएको हो । जसमा पुस महिनाभर जम्मा १६६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएकोमा माघको आधा महिनामा मात्रै २ हजार ९०२ जनामा कोरोना देखिएको छ। जुन पुस महिनाको तुलनामा झण्डै ९५ प्रतिशतले बढी हो । यो हिसाबले प्रदेशमा कोरोना संक्रमणको अबस्था भयावह बन्दै जानसक्ने जनस्वास्थ्यविद्हरुको आंकलन छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काका अनुसार पुस १२ गते प्रदेशभर जम्मा १ जनामा कोरोना देखिएको थियो । त्यसपछि पुस १६ र २० गते शुन्य संक्रमित थिए । त्यसपछि पुस २२ गते त्यसअघिकै धेरै ५ जनामा कोरोना संक्रमण देखियो। पुस २६ मा आउँदा ह्वात्तै बढेर एकैदिन जम्मा ३५ जनामा संक्रमण देखियो । माघ १ गते पुन संक्रमितको दर झरेर ४ मा झ¥यो। त्यसपछि लगातार संक्रमणको दर उकालो लाग्दोछ।

माघ ११ गते सबैभन्दा धेरै ३८३ जनामा कोरोना संक्रमण देखिएको देखिन्छ । आइतबार जम्मा ७८ जनामा मात्र संक्रमण देखिएको छ । तर तेस्रो लहरको हालसम्म भने कोरोना संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । यस्तै प्रदेशभर हाल एक हजार ८१५ जना संक्रिय संक्रमितहरु रहेका छन्। संक्रिय संक्रमितहरु मध्ये अधिकांश होम आइसोलेशनमा बसिरहेका छन् भने थोरै मात्रामा अस्पतालमा उपचार गराइरहेका देखिन्छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी पदम केसीका अनुसार झण्डै एक हजार ७१६ जना कोरोना संक्रमित होम आइसोलेशनमा रहेका छन् ।
यस्तै संक्रमितमध्ये ५ जनालाई आईसीयुमा राखेर उपचार भइरहेको छ। यस्तै प्रदेश अस्पताल सुर्खेतमा १२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, चौरजहारी अस्पताल रुकुमपश्चिममा २ लगायत गरी २० जना संक्रमितहरु अस्पतालमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण