बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल : एमसीसीबारे प्रचण्डले राखे संशोधन प्रस्ताव
सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।
सोमबार बालुवाटार पुगेका प्रचण्ड र माधव नेपाल ले प्रधानमन्त्री देउवासँग एमसीसी र एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले जानकारी दिएको छ ।
एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण