रेल्वे कम्पनीको तालाबन्दी प्रहरीले खोल्यो
पुराना कर्मचारीहरूले जनकपुरधाम स्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा लगाएको ताला प्रहरीले फुटाइदिएको छ । प्रहरीले ताला फुटाए पनि पुराना कर्मचारीहरूले आन्दोलनलाई जारी राखेका छन् ।
रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलनरत कर्मचारीहरूले नेपाल रेल्वे कम्पनीद्वारा प्रहरी परिचालन गरेर सञ्चालन भइरहेको तालिम बन्द हुनुपर्ने, पुरानो तालिम प्राप्त कर्मचारीलाई बहाली गर्नुपर्ने, आफूहरूको पुरानो पारिश्रमिक भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलित छन् ।
विगत करिब दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नहुँदा बाध्य भएर आफूहरू आन्दोलित भएको सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले बताए । कम्पनीका महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना कर्मचारी आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

नवनियुक्त महाप्रबन्धक झाले कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्थाखण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर हटाएपछि उनीहरूले पुनः समायोजन गर्न माग गर्दै आएका छन् । पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गरेका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक झाले कानुनी प्रक्रिया विपरीत रहेको भन्दै हटाएका थिए ।
जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेको छ । नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरेर रेल सञ्चालन गर्ने तयारी गरे पनि सञ्चालन मिति अझैसम्म टुङ्गो लागिसकेको छैन । रेल सञ्चालनका लागि ज्यालादारीमा नियुक्ति गरिएका नयाँ कर्मचारीलाई भने रेल सम्बन्धी तालिम दिइसकिएको छ । रेललाई हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण