कर्णाली प्रदेशसभाको बैठक स्थगित
कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगनको सूचना टाँस गरेको हो । बैठक आज दिउँसो १० बजे बोलाइएको थियो ।
माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा (एमाले) ले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो । यस विषयमा तीन दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस बीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानुनमन्त्री नरेश भण्डारी संयोजकत्वको तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ । जसमा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाह र नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहेका छन् । प्रदेशसभा सचिवालयका अनुसार माघ १८ गते दिउँसो १० बजेका लागि बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण