कालीकोटमा १० वर्षमा ८ हजार जनसङ्ख्या वृद्धि
दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिद्धर ०.५४ प्रतिशत छ ।
नतिजा अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये सबैभन्दा कम नरहरिनाथ गाउँपालिकाको जनसङ्ख्यामा रहेको छ । सो गाउँपालिकामा २०६८ सालमा २४ हजार १४२ जनसङ्ख्या रहेकामा अहिले २२ हजार ४१४ देखिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका भने जनसङ्ख्या वृद्धि भएको छ । २०६८ सालमा २० हजार ६१८ जनसङ्ख्या रहेको सो नगरपालिकामा अहिले झन्डै तीन हजार वृद्धि भएर २३ हजार ३३६ पुगेको छ ।
नतिजा अनुसार शुभकालिकामा १३ हजार ९००, महावैमा आठ हजार ३३४, पचालझरनमा १३ हजार ६८३, पलाँतमा १७ हजार ६५८, सान्नी त्रिवेणी गाउँपालिकामा १२ हजार ८६४, रास्कोट र तिलागुफा नगरपालिकामा क्रमशः १६ हजार ४६९ र १६ हजार २५९ जनसङ्ख्या रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण