संघर्षले भरिएको छ सुनिल ग्रोवरको जीवन, महिनाको तलब थियो ५ सय
भारतका कमेडियन स्टार तथा बलिउड अभिनेता सुनिल ग्रोवर करियरको एउटा उचाईमा पुग्न सफल भएका छन् । उनी सफल अभिनेता सँगसँगै सफल कमेडियन पनि हुन् । तर, उनले यो स्थानसम्म आइपुग्दा जीवनमा धेरै संघर्ष गरेका छन् । एक भारतीय मिडियासँग कुराकानी गर्दै सुनिलले जीवन संघर्षका विषयमा खुलाएका थिए ।
सुनिलले भनेका छन्, ‘म सुरुदेखि नै राम्रो मिमिक्रि गर्थेँ । अभिनय गर्नु र मानिसलाई हसाउँनुमा मेरो रुचि थियो । म १२ कक्षामा हुँदा नाटकको प्रतिष्पर्धामा भाग लिएको थिएँ । मलाई प्रमुख अतिथिले उक्त प्रतिष्पर्धामा भाग लिएर अन्य प्रतिष्पर्धीका लागि इन्साफ नभएको बताएका थिए । मैले थिएटरमा मास्टर्स डिग्री हासिल गरेको छु । अभिनयकै लागि मुम्बई आएको हुँ ।’
उनले अगाडि भने, ‘पहिलो एक वर्ष मैले केही गर्न सकिन । मैले घरबाट पैसा मागेर गुजारा गरेँ । त्यो समयमा मेरो जम्मा ५०० रुपैयाँ तलब थियो । तर, मैले एकदिन टन्नै पैसा कमाउँछु होला भन्ने विश्वास लिएको थिएँ । तर, केही समयमा नै मलाई थाहा भयो मजस्ता कयौँ संघर्ष गरिरहेका थिए ।’
उनी भन्छन्, ‘म आफ्नो शहरको सुपरस्टार थिएँ । मसँग मुम्बई आएपछि न पैसा बचेको थियो न कमाई नै थियो । मेरा लागि त्यो समय निकै अप्ठ्यारो थियो ।’
संघर्षका दिनहरुका बारेमा कुरा गर्दै सुनिलले सुरुमा टेलिभिजन शोबाट निकालिएको बताए । उनले भ्वाइसओभरको काम पनि गरेको उल्लेख गरे । संघर्षगर्दा गर्दै जीवनमा आइपरेका हरेक दुखलाई पार गर्दै उनी यो स्थानमा आइपुगेकोमा आफूलाई भाग्यमानी ठान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण