खैरो हेरोइनसहित सुर्खेतबाट दुई जना पक्राउ
बिहीबार, २० माघ २०७८, १४ : ५०

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ घर भएका २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा छन् ।
बसपार्कस्थित चौलागाई होटलबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आरोपीहरुमाथि लागू औषध मुद्दामा म्याद लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष