कर्णालीमा पनि भारी हिमपात (फोटोफिचर)
शुक्रबार, २१ माघ २०७८, १० : ५०
कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।
कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको हो । आज पनि हिमपात भइरहेको छ ।
मुगुका प्राय : सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण