किसानलाई गोठालो भत्ता दिने कर्णाली प्रदेश सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।
५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक एक हजार ५०० गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । ‘५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानको लगत संकलन भइरहेको छ,’ उनले भने, ‘लगत संकलन भएपछि ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानले वार्षिक एकमुष्ट १८ हजार रुपैयाँ पाउने छन् ।’
भेडाबाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको प्रवक्ता कठायतले जानकारी दिए । भेडाबाख्रा पाल्ने किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका गलत संकलन भइरहेको प्रवक्ता कठायतले बताए ।
गोठालो भत्ताका लागि जुम्लामा भेडाब्राखापालक किसानको लगत कार्य सम्पन्न भएको र जुम्लाका २६५ किसानले निवेदन दिएको त्यसमध्ये एक ५० किसानहरूले गोठालो भत्ता पाउने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।
कालीकोटको पचालझरना गाउँपालिकाले दुई वर्षदेखि गोठालो भत्ता दिँदै
कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई गोठालो भत्ता दिएको छ । किसानहरूलाई पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले पशुपालक किसानलाई गोठालो भत्ता दिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७६–०७७ देखि पशुपालक गर्ने किसानलाई गोठालो भत्ता दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार नै गाउँपालिका भित्र व्यावसायिक भेडा तथा बाख्रापालन र अन्य पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिइएको हो ।
गाँउपालिकाभरिका व्यावसायिक रुपमा ५० भन्दा बढी भेडा बाख्रापालन गरिरहेका सबै कृषकहरूको तथ्याङक संकलन गरी आर्थिक वर्ष २०७६–०७७ देखि प्रोत्साहन भत्ता स्वरुप ५० वटादेखि १०० वटासम्म भेडा, बाख्रा पाल्ने कृषकलाई मासिक एक हजार र १०० वटादेखि माथि भेडाबाख्रा पाल्ने किसानलाई मासिक दुई हजारका दरले सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिएको गाउँपालिका पशु शाखा प्रमु वीरेन्द्रबहादुर बमले बताए ।गाउँपालिकाभरी ५० वटादेखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ जना किसान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण