हिमपात र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा हिमपात र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका १४ वटा घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार जुम्लाको तातोपानी गाउँपालिका ७ बारा गाउँ नजिकैको जंगलमा बस्ने ४० वर्षीय एक पुरुषको हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ भने सोही गाउँपालिका ८ टोप्ला बस्ने एक महिलाको पनि हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ । उता खोटाङको जन्तेढुंगा गाउँपालिका १ मा एक १८ वर्षीय किशोरीको जलेर मृत्यु भएको छ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
त्यस्तै सिरहा कल्याणपुर नगरपालिका ५ मा पनि एक ५५ वर्षीय महिलाको जलेर मृत्यु भएको छ । आफ्नै घरमा घुरको आगो ताप्ने क्रममा अचानक शरीरमा आगो सल्किएर उनको मृत्यु भएको प्राधिकरणद्वारा जारी दैनिक बुलेटिनमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण