हिमपात र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा हिमपात र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका १४ वटा घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार जुम्लाको तातोपानी गाउँपालिका ७ बारा गाउँ नजिकैको जंगलमा बस्ने ४० वर्षीय एक पुरुषको हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ भने सोही गाउँपालिका ८ टोप्ला बस्ने एक महिलाको पनि हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ । उता खोटाङको जन्तेढुंगा गाउँपालिका १ मा एक १८ वर्षीय किशोरीको जलेर मृत्यु भएको छ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
त्यस्तै सिरहा कल्याणपुर नगरपालिका ५ मा पनि एक ५५ वर्षीय महिलाको जलेर मृत्यु भएको छ । आफ्नै घरमा घुरको आगो ताप्ने क्रममा अचानक शरीरमा आगो सल्किएर उनको मृत्यु भएको प्राधिकरणद्वारा जारी दैनिक बुलेटिनमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार