एमालेले प्रतिनिधि सभा बैठक अवरोध जारी राख्ने
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।
नेता भट्टराईले प्रमुख प्रतिपक्षकै कारण सरकारले स्थानीय तहको मिति तोक्न बाध्य भएको भन्दै एमालेले अपनाएको नीति मुलुकको राजनीति र देशलाई समेत सही दिशामा लैजान महत्त्वपूर्ण भएको दाबी गरे । ‘एक वर्षपछि मात्रै चुनाव गर्नु भन्ने सत्ता पक्षलाई बेलैमा गर्ने बनाएको एमालेले नै हो’, नेता भट्टराईले भने, ‘प्रमुख प्रतिपक्ष नभएको भए स्थानीय तहको चुनाव तोकिदैन थियो ।’
उनले सत्तारुढ दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको धारा २२५ अनुसार अर्को साल मात्रै गर्ने भनेको भन्दै एमालेकै दबाबका कारण यही वैशाखमा स्थानीय तह चुनावको मिति तोक्न सरकार बाध्य भएको बताए । ‘यो चुनावको मिति तोक्ने र चुनाव हुने ठाउँमा कसले ल्यायो त ?’, भट्टराईको प्रश्न छ ।
उनले प्रमुख प्रतिपक्ष दल एमालेले सबै पार्टीलाई लाइनमा ल्याउँदै संविधानलाई समेत ट्रयाकमा ल्याएर मुलुकलाई अगाडि बढाउने दाबी समेत गरे । सरकारले चुनावको मिति तोकिसकेकाले अव एमालेको ध्यान र गतिविधि चुनावतर्फ केन्द्रित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण