सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा बुटवल बन्द

बुधबार, ०४ फागुन २०७८, १३ : ०१
बुधबार, ०४ फागुन २०७८

६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले  अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा गरेको बन्दको असर बुटवलमा परेको छ । बुटवलमा व्यापारिक केन्द्र मानिने अमरपथ, ट्राफिक चोक, जेसिस चोक लगायतका ठाउँमा पसलहरु बन्द रहेका छन् । बुटवलबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन छुटेका छैनन् । 

तर, व्यवसायी  संघको काउन्टर भने खुला राखिएको छ । यस्तै, नीजि सवारी साधन भने सडकमा गुडेका छन् । बन्दका कारण यहाँका सबै सरकारी तथा नीजि शैक्षिक संस्था बन्द भएका छन् । बुटवलमा विभिन्न ठाउँहरु प्रहरी तैनाथ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ढग बहादुर के सी ले बताए । यस्तै  विहान केही बन्दकर्ताहरु देखिए पनि अहिले बन्दकर्ताहरु सडकमा देखिएका छैनन् । विहानै प्रहरीले बुटवलको वसपार्कबाट ९ जना बन्दकर्ताहलाई पक्राउ गरिसेको छ । 

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज देशव्यापी बन्द आह्वान गरेका हुन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप