झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ?
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिएका हुन् ।
‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भने, ‘मान्छेका टाउका फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर्नु लज्जास्पद विषय भएको बताए । ‘एउटा नाथे आर्थिक सम्झौता नै हो भने एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ? कतिपय मानिसहरु यहाँ एमसीसीमा निहुरिएका छन् यो लज्जास्पद विषय हो’, खनालको भनाइ छ ।
उनले आफ्नो हाम्रो पार्टीको हिजो बसेको स्थायी कमिटीको बैठकले एकमतले यथास्थितिमा एमसीसी अघि नबढाउने भनेर निर्णय गरेको पनि बताए । साथै एमसीसीमा विवाद भएपछि पार्टी बैठकमा थप निर्णय गर्ने समेत बताए । विवादपछि पार्टीले सरकार छोड्छ ? भन्ने प्रश्नमा खनालले भने, ‘पार्टीको बैठक बसेर सरकार यस विषयमा छलफल हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
-
बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङको नेपाल भ्रमण सम्पन्न