झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ?
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिएका हुन् ।
‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भने, ‘मान्छेका टाउका फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर्नु लज्जास्पद विषय भएको बताए । ‘एउटा नाथे आर्थिक सम्झौता नै हो भने एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ? कतिपय मानिसहरु यहाँ एमसीसीमा निहुरिएका छन् यो लज्जास्पद विषय हो’, खनालको भनाइ छ ।
उनले आफ्नो हाम्रो पार्टीको हिजो बसेको स्थायी कमिटीको बैठकले एकमतले यथास्थितिमा एमसीसी अघि नबढाउने भनेर निर्णय गरेको पनि बताए । साथै एमसीसीमा विवाद भएपछि पार्टी बैठकमा थप निर्णय गर्ने समेत बताए । विवादपछि पार्टीले सरकार छोड्छ ? भन्ने प्रश्नमा खनालले भने, ‘पार्टीको बैठक बसेर सरकार यस विषयमा छलफल हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण