सञ्चारमन्त्रीको सुरक्षा बढाइयो
सोमबार, ०९ फागुन २०७८, १० : १२
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।
एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण