खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो । कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।
दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक लाभान्वित बन्ने खल्तीले दाबी गरेको छ । प्रयोगकर्ताले १० प्रतिशत क्यास ब्याक (१०० सम्म) पाउनका लागि ‘नेशनल १००’ प्रोमोकोड प्रयोग गर्नसक्ने बताइएको छ ।
यसका लागि प्रयोगकर्ताले खल्ती एपमा लगइन गरेर इन्स्योरेन्स आइकनमा जानुपर्छ । यसपछि, नेशनल लाइफ इन्स्यारेन्स छनोट गरी डीओबी र पोलिसी नम्बर भर्नुपर्ने कम्पनीले जनाएको छ । त्यसपछि सम्पूर्ण विवरण भरेर प्रोसिड टु पेमा क्लिक गरेपछि प्रक्रिया पूरा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँड्न अनुरोध गरिरहेका पाइला
-
उद्योगहरू सञ्चालन हुन नदिन प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई प्रलोभनमा पारिन्छ : महासचिव भुसाल
-
प्रचण्ड कप भलिबल : पुलिसलाई सोझो सेटमा हराएर एपीएफ बन्यो च्याम्पियन
-
सरकारपिच्छेको कर आतङ्क विरुद्ध जस्तो सुकै सङ्घर्ष गर्न तयार छौँ : प्रभु साह
-
धुवाँको उडान र अस्तित्वको अमूर्त रूप
-
ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण पूरा