बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रोटिनको कमी हुँदा देखिने ५ लक्षण

सोमबार, १६ फागुन २०७८, १० : ३८
सोमबार, १६ फागुन २०७८

प्रोटिनले मांसपेशीलाई मजबुत बनाउँछ । प्रोटिनले शरीरलाई शक्ति पनि प्रदान गर्छ । प्रोटिनले शरीरमा एन्टिबडि बनाउन मद्दत गर्छ । यसले शरीरमा हुने इन्फेक्शन र रोगसँग लड्न मद्दत गर्छ । हाम्रो छाला, एन्जाइम र हर्मोनहरु पनि बन्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यसको कमि भएमा विभिन्न समस्याहरु पनि आउँछ । 

आँखा सुन्निने 
शरीरको कुनै पनि अङ्ग सुन्निनुलाई मेडिकल भाषामा एडिमा भनिन्छ । डाक्टरका अनुसार आँखा सुन्निनु ह्युमन सिरम एल्बुमिनको कमीले पनि हुनसक्छ । जुन रगत र रगतका प्लाज्माहरुको लिक्विड पार्टमा हुने प्रोटिन हो । त्यसैले शरीरका अंग सुन्निने समस्यालाई पनि बेवास्ता नगर्नुहोस् । 

कलेजोको समस्या 
शरीरमा प्रोटिनको कमी हुँदा कलेजोसँग जोडिएका समस्याहरु पैदा हुन्छन् । प्रोटिनको कमीले कलेजोको कोशिकाहरुमा फ्याट जम्मा हुन थाल्छ । यसले कलेजो सुन्निने, घाउ हुने र कलेजो फेल हुने सम्भावना बढाउँछ । मोटोपन र मदिराको अत्यधिक सेवनले पनि यस्तो समस्या जन्माउँछ । 

छाला, कपाल र नङ
प्रोटिनको कमी हुँदा छाला, कपाल र नङमा पनि समस्या आउँछ । प्रोटिनको कमीले छाला फुट्ने समस्या आउँछ । छालामा रातो धब्बा देखिन्छ । कपाल कमजोर हुन्छ र झर्न थाल्छ । नङ पातलो हुन्छ र यसको आकार पनि परिवर्तन हुन थाल्छ । 

मांसपेशी कमजोर हुने 
मांसपेशी मजबुत बनाउन लागि प्रोटिनको भूमिका सबैभन्दा बढी हुन्छ । शरीरमा प्रोटिनको कमी भएमा शरीरको क्रियाकलाप र आन्द्रालाई आवश्यकताका लागि हड्डीहरुबाट प्रोटिन आपूर्ति गर्छन् । जसले गर्दा मांसपेशी कमजोर हुनुका साथसाथै हड्डीहरु टुक्रिने समस्या बढ्छ । 

इन्फेक्शनको खतरा 
प्रोटिनको कमीले शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । प्रोटिनको कमीले शरीरले सही तरिकाले काम गर्न सक्दैन । जसले गर्दा रोग प्रतिरोधी क्षमतामा जोखिम बढ्छ । एक अध्ययनका अनुसार वृद्ध व्यक्तिहरुले लगातार ९ हप्तासम्म प्रोटिनको कमीले रोग प्रतिरोधी क्षमतामा नराम्रो असर पार्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप