सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ चितवनमा बन्दको प्रभाव ? (फोटोफिचर)

सोमबार, १६ फागुन २०७८, ११ : १०
सोमबार, १६ फागुन २०७८

विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् । 

बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने राजनीतिक दलका प्रमुख नेताहरू विरुद्ध बन्दकर्ताले नाराबाजी गरेका थिए । मुख्य बजार क्षेत्रमा पसलहरु खुल्न सकेका छैनन् । चितवनमा लामो तथा छोटा दूरीका सार्वजनिक यातायात, मालबाहक गाडी र विद्यालय सञ्चालन हुन सकेका छैन । बैंक तथा वित्तिय संस्थाहरु एकरदुईवटा खुलेका छन् । मोटरसाइकल, अटोलगायत साना सवारी साधनहरु भने केही कम सञ्चालन भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बन्दको प्रभाव सामान्य परेको बताए । बन्दकर्ताले कतै जबरजस्ती गरेका छैनन् । अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको उनले बताए । ‘अवस्था शान्तिपूर्ण नै छ । अहिलेसम्म बन्दकर्ता पनि  पक्राउ परेका छैनन्’, उनले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप