युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार
बुधबार, १८ फागुन २०७८, २२ : ०६
रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो ।
यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन ।
क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् । राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् । उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण