रुसी सेनाले किभका बासिन्दालाई भन्यो - किभ छोडेर भासिल्किभमा जानु
रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने ।
किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर, रुसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।
रुसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ । तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन् । रुसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ । रुसी सेनााका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण