नदीमा डुबेर दुई बालकको मृत्यु
बिहीबार, १९ फागुन २०७८, २१ : ३१
नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकास चोक घर भएका १० वर्षीय बिदान गौतम रहेका छन् ।
अर्का अन्दाजी ११–१२ वर्षीय बालकको परिचय खुल्न सकेको छैन । स्थानीयवासीले डुबेको अवस्थामा फेला पारी उद्धार गरी भरतपुर अस्पताल ल्याएका थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । उनीहरु नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण