फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुने चर्चा
अमेरिकी राष्ट्रपति जो बाइडेन फिनल्याण्डलाई सुरक्षा र रक्षा सहयोगलाई थप बढाउन सहमत भएका छन्। युक्रेनमाथि रुसको आक्रमणले रुससँग सीमा जोडिरहेका युरोपेली देशहरुमा चिन्ता उत्पन्न भएको छ । त्यही क्रममा फिनल्याण्डका राष्ट्रपति सली निनन्स्तोसँग ह्वाइट हाउसमा भएको वार्ताको दौरान राष्ट्रपति बाइडेनले फिनल्याण्डलाई एक बलियो रक्षा सहयोगी बताएका हुन् । तथापि, दुई नेताले फिनल्याण्ड नेटोको भाग हुने नहुने विषयमा केही पनि बोलेनन् ।
फिनल्याण्डको रुससँग १,३०० किमी लामो सीमा जोडिएको छ । सन् १९१७ सम्म यो रुसी नियन्त्रणमा थियो। युक्रेनमाथि रुसको हमलापछि फिनल्याण्ड र स्वीडेनका अधिकांश जनता नेटो सदस्य बन्ने पक्षमा रहेको देखिन्छन् । तर, रुसले भने फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सहभागी हुन नदिन चेतावनी दिएको थियो। स्वीडेन लामो समयदेखि निष्पक्षताको लागि चिनिन्छ । तर पछिल्लो सर्वेक्षणमा ५१ प्रतिशत मानिसहरूले नेटोमा सामेल हुने पक्षमा मतदान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण