बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इमर्जिङ नेपालको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

शनिबार, २१ फागुन २०७८, १३ : ४२
शनिबार, २१ फागुन २०७८

इमर्जिङ नेपालको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको आईपीओको सुरूवाती कारोबार मूल्य प्रतिकित्ता न्यूनतम १०५.११ रुपैयाँ र अधिकतम मूल्य प्रतिकित्ता ३१५.३३ रुपैयाँ तोकेको छ । नेप्सेमा सूचीकृत कम्पनीको पहिलो सेयर कारोबार यही न्यूनतम र अधिकतम मूल्यबीचबाट हुने छ ।

इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म आईपीओ बिक्री खुलाएको थियो । यस्तै, कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप