लागूऔषध नल्याएको भन्दै बुढानिलकण्ठमा युवकको हत्या, १६ वर्षीय किशोरसहित २ जना पक्राउ
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय मान बहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन् । बुढानिलकण्ठ नगरपालिका-५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मान बहादुर रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानिलकण्ठ नगरपालिका-५ स्थितमा मान बहादुरसँग भेट हुँदा याकुबले लागूऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र मान बहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मान बहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको हो । प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठी समेत बरामद गरेको छ । उनीहरू माथि कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण