युक्रेनमा ठूला देशहरूले गर्न नसकेको काम भारतले गरेको छ : प्रधानमन्त्री मोदी
आइतबार, २२ फागुन २०७८, १९ : ४३
युक्रेन संकटका बेला भारतले जसरी अपरेशन गंगा चलाएर आफ्ना नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकालिरहेको छ, त्यो भारतको बढ्दो प्रभावको प्रमाण भएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
मोदी आइतबार महाराष्ट्रको पुणेस्थित सिम्बायोसिस विश्वविद्यालयको स्वर्ण जयन्ती समारोहमा पुगेका थिए । यस क्रममा उनले भारतको प्रभाव र युक्रेनमा रुसको आक्रमणका कारण फसेका भारतीयहरुलाई फिर्ता ल्याउने कुरा उल्लेख गरेका थिए । मोदीले भने, 'विश्वका ठूला देशहरूले यो कुरा गर्न धेरै समस्याहरू सामना गरिरहेका छन्। तर भारतको बढ्दो प्रभावले हामीले हजारौँ विद्यार्थीलाई स्वदेश फिर्ता ल्याइसकेका छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण