बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेनमा ठूला देशहरूले गर्न नसकेको काम भारतले गरेको छ : प्रधानमन्त्री मोदी

आइतबार, २२ फागुन २०७८, १९ : ४३
आइतबार, २२ फागुन २०७८

युक्रेन संकटका बेला भारतले जसरी अपरेशन गंगा चलाएर आफ्ना नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकालिरहेको छ, त्यो भारतको बढ्दो प्रभावको प्रमाण भएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

मोदी आइतबार महाराष्ट्रको पुणेस्थित सिम्बायोसिस विश्वविद्यालयको स्वर्ण जयन्ती समारोहमा पुगेका थिए । यस क्रममा उनले भारतको प्रभाव र युक्रेनमा रुसको आक्रमणका कारण फसेका भारतीयहरुलाई फिर्ता ल्याउने कुरा उल्लेख गरेका थिए । मोदीले भने, '​विश्वका ठूला देशहरूले यो कुरा गर्न धेरै समस्याहरू सामना गरिरहेका छन्। तर भारतको बढ्दो प्रभावले हामीले हजारौँ विद्यार्थीलाई स्वदेश फिर्ता ल्याइसकेका छौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप